काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य 'किरण' स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको अस्पतालले जानकारी दिएको छ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रित भएर उपचार जारी राखिएको छ। अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएको छ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेकोसमेत चिकित्सकहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।