काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको तनहुँ इञ्चार्जमा चित्र थापा चयन भएका छन्। पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले थापालाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो।
तनहुँ इञ्चार्ज थापालाई पार्टीले आदिवासी जनजाति महासंघ इञ्चार्जको जिम्वेवारीसमेत दिएको छ।
त्यसैगरी, तनहुँको सह इन्चार्जमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ र प्रतिनिधि सभा सदस्य कलिला खानलाई चयन गरेको छ।
यसैगरी बैठकले केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई गण्डकी प्रदेश कमिटीको सचिव तोकेको छ भने रेखा थापा बस्याललाई गण्डकी उपसचिवमा चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।