काठमाडौं– सानिमा बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेकोे छ। बैंकले कात्तिक १ गतेबाट लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर प्रकाशन गरेको हो।
बैंकले बचत खातामा न्यूनतम ३.५१ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।
त्यस्तै, बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.१ प्रतिशतसम्म ब्याज तोकिएको छ ।
त्यस्तै, प्रकाशित नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.५३ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।