काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘वीरजंग’को निधन भएको छ। उनी नेकपाका महासचिव नेत्र विक्रम चन्दका जेठा दाजु हुन्।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको रोगले पीडित थिए। उनको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा आज (शुक्रबार) बिहान निधन भएको नेकपा स्रोतले जनाएको छ।
उनी केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका थिए। कारागारमा रहँदासमेत पटक–पटक अस्वस्थ भएर उनलाई अस्पतालमा उपचार गरिएको थियो ।
रोल्पामा जन्मिएका उनी पछिल्लो समय कपिलवस्तु जिल्लाको शिवराज गढीमा बस्दै आएका थिए। उनका दुई छोरा र श्रीमती छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।