लुम्बिनी - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताएका छन्।
उनले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वद्र्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरे।
प्रदेश प्रमुख शेरचनले बडादशैं, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।