काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा बुधबार काभ्रेको पलाञ्चोक भगवती पुगेर महाअष्टमीको पूजा गरेकी छन्।
काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा गर्न राष्ट्रपति भण्डारी सेनाको हेलिकप्टर चढेर पुगेकी थिइन्।
नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति स्थापना कार्य तालीम केन्द्र पाँचखाल पुगेकी राष्ट्रपति भण्डारी त्यहाँबाट पलाञ्चोक भगवती पुगेकी थिइन्। भण्डारीले करिब १५ मिनेट मन्दिरमा पूजा गरिन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।