काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाम लगायत ठाउँमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति दिइने बताएका छन्।
मंगलबार राति सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने बताएका हुन्।
प्रधानमन्त्री देउवाले पछिल्लो पटकका दुर्घटनाले आफू स्तब्ध भएको पनि बताएका छन्।
देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।