काठमाडौं– मुगुको छायाँनाथ रारा गाउँपालिका–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुक विमान र हेलिकप्टरबाट उद्दार गरि नेपालगञ्ज लगिने तयारी गरिएको छ।
प्रहरीका अनुसार नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१ ६७ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो।
मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले घटनास्थलमा २६ जनाको शव भेटिएको जानकारी दिए। दुर्घटनामा करिब १८ जना घाइते भएका प्रजिअ महतको भनाइ छ। ति मध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए।
घाइतेहरुको विमान र हेलिकप्टरमार्फत उद्धारको तयारी गरिएको नगरपालिकाका सूचना अधिकारी तिर्थराज शाहीले जानकारी दिए।
समिट एअरको विमानमा १२ जना र नेपाली सेनाको हेलिकप्टरमा २ जनालाई राखेर मुगुको ताल्चा विमानस्थलबाट उडेको प्रहरीले जनाएको छ।
छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले बस दुर्घटनामा २६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको जनाइन्। रोकायाका अनुसार मृत्यु हुनेमा अधिकांश नगरपालिकाकै विभिन्न वडाका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।