काठमाडौं- मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका-७ मा यात्रुवाहक बस दुर्घटना भएको हो।
उक्त दुर्घटनामा १८ जना घाइते भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।
उनका अनुसार नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटना भएको हो।
घटनास्थलमा उद्धारका लागि अहिले प्रहरी र स्थानीय खटिएको प्रजिअ महतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।