काठमाडौं- काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ।
लामोसाँघु जिरी सडकखण्डको सात किलोमा आज दुर्घटना हुँदा उक्त बसमा सवार २० जना घाइते भएको जानकारी दिइएको छ। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस रिजर्भमा दोलखा जाँदै गर्दा दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।