• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दशैंबारे चित्रबहादुर केसीः ऋण गरेर घ्यू पिउने मेरो चलन छैन

64x64
नेपाल लाइभ बुधबार, असोज २७, २०७८  २०:२९
1140x725

काठमाडौं– १२ महिनामा असोज सबैभन्दा रमाइलो महिना हो। विशेष गरेर किसानहरुको हो, दशैं। दशैैंमा खेतीपाती स्याहार्ने बेला पनि कम हुने र गर्मी सकिएर मौसम बदलिएको अवस्था हुन्छ। सबैतिर हरियाली अनि बर्षात्को भल, बाढी, पानी अन्त्य भएसँगै संग्लिएको अवस्थालाई हाम्रा पूर्खाहरुले बडादशैं भनेर मनाउन सुरु गरेका हुन्। दशैं एउटा विशेष मौसम हो, महिना हो।

सानो हुँदा दशैं भन्ने बितिक्कै निकै रमाइलो लाग्थ्यो। किनभने त्यतिबेला बुबाआमाले वर्षभरिलाई एउटा लुगा किनिदिनु हुन्थ्यो, जे दिए पनि, असाध्यै खुसी लाग्थ्यो। दशैंको समयमा नयाँ लुगा पाइने, मासु खान पाइने भएपछि छुट्टै मजा आउँथ्यो। दुध, घ्यू, लगायतका मिठा परिकार खान पाइने भएकाले बाल्यकालमा निकै रमाइलो लाग्थ्यो।  

पछि हुर्किंदै जान्नेसुन्ने भएपछि के अनुभव भयो भने दशैं चाँहि हुने खानेले असाध्यै तडकभडक गर्ने र धेरै खर्च गर्ने रहेछन्।

आयआर्जन नभएकाले पनि ऋणपान गरेर दशैं मनाउनु पर्दा चाहिँ आम्दानी नहुनेका लागि दशैं दशा हुँदो रहेछ।

म पञ्चायत कालमा भूमिगत हुँदा दशैंमा घर जान समस्या हुन्थ्यो। त्यसै कारण कतिपय गरिब किसानहरुको घरमा बस्ने गर्थें।

उनीहरुले दशैं टार्नका लाग साहुहरुसँग ऋण काँढेर मनाउने गरेको पाउथें। उनीहरु दशैं आयो भनेपछि बढो चिन्ता मानेर त्यसलाई कसरी टार्ने, आर्थिक समस्या समाधान गर्ने हो भनेर चिन्तित हुने गर्थें।

अब धानदेखि पैसा खोज्न जानुपर्ने अवस्था हुन्थ्यो। अरुसित प्रतिस्पर्धा गर्नुपर्ने भएपछि पैसा नभएकाले त्यस्तो चिन्ता किसानहरुले गरेको देख्ने गर्थें। भूूमिगत कालमा मैले धेरै चोटी किसानहरुको बीचमा बसेर दशैं मनाएको छु। मूलरुपमा त दशैं भनेको रमाइलोको लागि नै हो। तर, अहिले के भयो भने विकृति धेरै आयो। अहिले बढीभन्दा बढी पैसा खर्च गरेर देखाउने, दशैंमा फुर्सद भएकाले जुवातास खेल्ने, बढी जाड रक्सी खाने, स्वास्थ्य खराब बनाउने गरेको देख्छु।

अलिबढी नै विकृति अहिलेको समाजमा चाहिँ दशैंका नाममा बढेको देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशमा रहेका र नेपालकै पनि विभिन्न ठाउँमा छरिएर रहेका आफन्त, नातागोताहरुको भेटघाट हुने र त्यसबाट रमाइलो र आनन्द गर्ने कुराको छुुट्टै महत्त्व छ।  

तै पनि मूल रुपमा यसमा पनि हुने र नहुने वर्गको चाहिँ स्थिति देखिन्छ। हुनेले प्रशस्त खर्च गरेर उडाउने गर्छ। नहुनेले पनि बालबच्चाको अपेक्षा र आफ्नो इज्जतका लागि सकि नसकी खर्च गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा दशैं चाहिँ दुईथरीको छ, अहिले। शिक्षामा दुईथरी भएको जस्तो दशैं मान्ने कुरा पनि दुई थरीको देखिएको छ।

कतिपय शासकहरुलाई पट्याएर काम लिनका लागि दशैंको समयमा कयौंले खसी बोका ल्याइदिने गरेको पाइन्छ। लुगाफाटो ल्याइदिन्छन्, उपहार दिन्छन्। दशैंको उपहार भनेर गर्ने काममा मैले गम्भीर विकृति पनि देख्छु। किनभने मैले सांसद भएर पनि हेरेँ, सत्तामा पनि केही समय बसेँ। माया, सद्भावसहित त्यस्ता उपहार ल्याउनुको पछाडि कसैलाई पनि फकाउने वा पट्याउने उद्देश्य हुन्छ।

ठूलाबडाहरु अझ भन्दा विशेष गरेर पावरमा बस्नेहरुलाई उपहारको पनि ओइरो लाग्छ।

Xtrem

Xtrem

त्यो उपहारको काम गरेर त देखाउनु पर्यो। अब नहुने काम काम पनि उपहार र खसीसहितको ‘गुन’ लगाएको हुनाले गर्नुपर्ने हुन्छ। यसो हुनाले यसमा विकृति पनि धेरै छ। अब मुख्य रुपमा इष्टमित्र, देशविदेशमा बसेका जम्मा हुने वर्षको एकचोटी भन्ने रुपमा चाहिँ दशैंको महत्त्व छ।

पञ्चायत कालमा एकचोटी दशैं मनाउँदा म एउटा विकट ठाउँमा बसेको थिए। त्यो बेला त्यहाँका किसानले ऋण काँढेर आफ्ना नातागोता, इष्टमित्रलाई उम्काएपछि उनीहरुले गरेको त्यो ऋणको भार र त्यसको कुरा गरेको देख्दा मलाई चाहिँ दशैं सबैका लागि दशैं हुँदो रहनेछ भन्ने लाग्यो।

दुःख पाएका मानिसहरुसँग बसेर मनाउँदा मलाई चाहिँ दशैंको अनुभव धेरै भयो। अघिपछि त हामी धनाढ्य मानिस त होइनौं। घरमै बाख्रा पाल्ने भएको हुनाले प्राय घरमै बोका, खसी काट्ने गथ्र्यौं। म आफंै पनि बाख्रा गोठालो भएको मानिस हो। ६०/६५ बाख्रा मैले नै चराएर हिँडेको छु। त्यसो हुनाले आफ्नै घरमा बाख्रा पाल्ने भएको हुनाले अहिले जस्तो एक किलो मासुलाई १२/१३ सय रुपैयाँ पर्दैन थियो।

घरमा ‘कडा’ लगाएको ताउलोमा पकाएको मासु खाइन्थ्यो। अब अहिले त्यो सम्भावना नै छैन, पैसा नहुनेलाई त। त्यसो भएको हुनाले पैसा नहुनेले ऋण खोजेर दशैं टारेको दृश्य मलाई अहिले पनि झलझली आइरहन्छ।

अहिले अवस्था फेरिएको छ। देशको जिम्मेवार निकायमा बसेकाहरुले नै दशैं आयो भन्दै भ्रष्टाचार गर्ने गरेको पाइन्छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरीले नै दशैं मान्न भन्दै पैसा मागेको मैले देख्ने गरेको छु। म सार्वजनिक यातायातमै हिँडने गरेकाले। जिम्मेवार ठाउँमा बसेका मानिसले नै दशैं आयो भनेर अवैध रुपमा पैसा जम्मा गरेर असाध्यैं ठूलो खर्च गरेर रवाफ देखाउने विकृति आएको छ त्यो निकै गम्भीर छ।

सत्ता र शक्तिमा रहेकाहरुले तडक भडक गरेर, धनसम्पत्तिको दुरुपयोग गरेर जाँडरक्सी र जुवातास खेल्ने गरेको देखिन्छ।

हुनुपर्ने सामान्य रुपमा आफ्नो नातागोता, इष्टमित्रसित भेटघाट पारिवारिक सम्बन्ध विस्तार हो तर, त्यस्तो भइरहेको देखिँदैन।

जुवा खेल्ने बेला त होइन यो। त्यस कारणले जुवाडे ठाउँ ठाउँमा पक्राउ पर्ने गरेका छन्। दशैं आफैंमा नराम्रो कुरा चाहिँ होइन, राम्रो हो तर, हाम्रो समाजले दुरुपयोग गरेको छ।

मैले भड्किलो रुपमा कहिल्यै दशैं मनाएको छैन र मनाउँदिन। घुस खाएर पैसा जम्मा गरेकाले जसरी उडाएर अरुलाई देखाउन दशैं मान्छन् मैले त्यसरी मान्दिन। दशैंलाई त्यति महत्व पनि दिन्न। अब केही गरी म कहाँ बस्न, भेट्न टिका लगाउन आए भने त्यसै फर्काउदिन। सिद्धान्ततः त्यसो गर्न पनि हुन्न। तर, दशैं भनेर अनावश्यक ‘ऋण गरेर घ्यू पिउने’ प्रचलन पहिले पनि हाम्रो परिवारमा थिएन। अहिले त्यो नियम मैले पालना गरेको छु। ऋण गरेर घ्यू पिउने सिद्धान्त मेरो छैन, अरुले पनि गर्नु हुँदैन।

(राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग बीपी अनमोलले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्