काठमााडौं– गोरखाको गोरखा दरबारबाट काठमाडौंका हनुमानढोकामा फूलपाती पठाइएको छ।
मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको हो। गोरखाबाट ल्याइएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्र्याउने कार्यक्रम छ।
नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदोलगायत राखिन्छ।
पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो। २०६६ सालदेखि मोटरबाटोको प्रयोग गर्न थालिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।