डडेल्धुरा- धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको यात्रु बस बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटनामा परेको छ।
मंगलबार विहान भएको उक्त दुर्घटनामा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
घाइते हुनेमा ६ महिला, दुई बालबालिका र आठ पुरुष छन्।
बस ब्रेक फेल भएर बस दुर्घटना परेको उनले बताए। बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।