काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगको सबै कार्यालय बिदाका दिन पनि खुला रहने भएको छ। आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालय दशैं, तिहार र छठ बिदाका दिनमा पनि खुला रहने जनाइएको छ।
दशैं बिदाको समयमा आयोग कार्यलय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि चाड पर्व बिदामा आयोग खुला रहने जनाकारी दिए।
यस अवधिमा आयोगले मावन अधिकार उल्लंघन र ज्यादतिका घटनाहरुमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।