काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दूतावासका कर्मचारीसँग दशैं सेलिब्रेसन गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार दूतावासका कर्मचारी तथा उनीहरुको परिवारलाई बोलाएर बेरीले दशैंको शुभकामना आदानप्रदान गरेका हुन्।
सो अवसरमा उनले सहकर्मी तथा बालबालिकासँग चंगा उडाउने जस्ता विभिन्न मनोरञ्जनात्मक खेलसमेत खेलेका थिए।
राजदूत बेरीले सबै नेपालीलाई दशैंको शुभकामनासमेत दिएका छन्। ‘दशैंको धुमधामका बिच मैले सहकर्मी तथा वहाँहरूको परिवारलाई बोलाएँ,’ उनले लेखेका छन्, ‘हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सबैमा दशैंको धेरै शुभकामना।’


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।