रोल्पा– रोल्पाको एक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दलीय गठबन्धन बनाएर चुनाव गरिएको छ। जिल्लाको सुनीलस्मृति गाउँपालिका–३ मिझिङ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनमा दलीय गठबन्धन बनाएर निर्वाचन भएको हो।
निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विरुद्ध माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए। निर्वाचनमा माओवादी केन्द्र नेतृत्वको गठबन्धन विजयी भएको छ।
निर्वाचनमा माओवादी केन्द्र निकट ठगेन्द्र केसी नेतृत्वको प्यानलले नेपाली कांग्रेस निकट डम्वर सुनार नेतृत्वको प्यानललाई पराजित गरेको थियो। माओवादी केन्द्र नेतृत्वको प्यानलवाट ठगेन्द्र केसीले २१२ प्राप्त गरे भने डम्वर सुनारले १४५ल्याए। कुल ३६५ जनाले मतदान गरेकोमा ६ मत वदर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।