काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।
संघको आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १०औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो।
प्रतिनिधि चयनलगायत विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
अधिवेशनको नयाँ मितिबारे अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।