काठमाडौं- दसैं पर्वलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ।
दसैं आएलगत्तै भेटघाट, दक्षिणा दिने, खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ। साथै, टीका लगाइ दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन्। अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजीटल मार्केटिङको प्रयोग गरी सबै पिढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ।
यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेको जनाएको छ। देशभर १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।