• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लुम्बिनीमा ७ प्रदेशमध्येकै 'जम्बो' मन्त्रिपरिषद्

64x64
नेपाल लाइभ आइतबार, असोज २४, २०७८  १७:२३
1140x725

काठमाडौं– लुम्बिनी प्रदेशमा १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। बुधबार १० मन्त्रीले सपथ लिएसँगै सर्वाधिक जम्बो मन्त्रिपरिषद् गठन भएको हो।

प्रदेश मन्त्रिपरिषद्‌मा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री सहित चार मन्त्री र दुई राज्यमन्त्री छन्। नेपाली कांग्रेसको तर्फबाट चार मन्त्री र दुई राज्यमन्त्री छन्। त्यस्तै, जसपा तीन र एकीकृत समाजवादीका एक मन्त्री भएका छन्। त्यस्तै एक जना स्वतन्त्र सांसद् पनि मन्त्री बनेका हुन्।

सातै प्रदेशमध्ये लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को आकार सबैभन्दा ठूलो हो। अहिले प्रदेश १ मा ८, प्रदेश २ मा १२, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा ११, कर्णालीमा ८  र सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिपरिषद् छ।

नेपालको संविधानमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को अधिकतम् सीमा संख्या तोकिएको छ। संघीय सरकार बढीमा २५ सदस्यीय हुनसक्छ। प्रदेश सभामा भने प्रदेश सभाको २० प्रतिशत मात्रै मन्त्री बन्न सक्छन्। संविधानको धारा १६८ (९) मा भनिएको छ- 'प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरुमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने छ।'

यस प्रावधान अनुसार, लुम्बिनी प्रदेशमा मन्त्री बन्न सक्नेमध्ये अधिकतम् संख्या पुगिसकेको छ। लुम्बिनी प्रदेश सभाको आकार ८७ सदस्यीय छ। सुदूरपश्चिममा भने अहिल्यै संविधानको सीमाभन्दा बढी मन्त्री बनिसकेका छन्। त्यहाँ प्रदेश सभाका सदस्यहरुको आकार अनुसार २०.७५ प्रतिशतलाई मन्त्री बनाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले गत भदौ १३ गते तत्कालीन १० मन्त्रालयलाई टुक्र्याएर १३ वटा बनाएको थियो।  गठबन्धनमा रहेका दलहरुमा मन्त्री पदका आकांक्षी धेरै भएपछि धेरैभन्दा धेरैलाई समेट्न मन्त्रालय टुक्र्याइएको हो। मन्त्रालय टुक्र्याएकोमा आलोचना खेपिरहेका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीको संख्यामा पनि सातै प्रदेशलाई उछिनेका छन्।

केसीले २०७८ साउन २८ गते मुख्यमन्त्रीमा बहुमत सांसद्को हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी गरेका थिए। उनी त्यसै दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए, त्यसै दिन सपथ खाएका थिए। त्यसै दिन उनले सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। तर, केहीलाई बिना विभागीय मन्त्री पनि बनाएका थिए। गठबन्धनमा रहेका दलभित्रको किचलो नसल्टिँदा दुई महिनासम्म मन्त्रिपरषद्ले पूर्णता पाएको थिएन।

यस्तो बन्यो लुम्बिनीको मन्त्रिपरिषद्:

कुलप्रसाद केसी

मुख्यमन्त्री

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

डिल्लीबहादुर चौधरी

मन्त्री

पर्यटन, ग्रामिण तथा सहरी विकास

कृष्णध्वज खड्का

मन्त्री

आर्थिक मामिला तथा सहकारी

सहसराम यादव 

मन्त्री

भौतिक पूर्वाधार विकास

तिलकराम शर्मा

मन्त्री

आन्तरिक मामिला तथा सञ्चार

इन्द्रजीत थारु

मन्त्री

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण

वीरबहादुर राना

मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ

सुरेन्द्र बहादुर हमाल

मन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति

अजय शाही

मन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति

रमा घर्ती

मन्त्री

कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

सुमन शर्मा रायमाझी

मन्त्री

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था

पूर्मति ढेंगा

मन्त्री

श्रम रोजगार तथा यातायात व्यवस्था

बसीउद्दीन खाँ

मन्त्री

शिक्षा, विज्ञान, युवा तथा खेलकुद

विमला कुमारी खत्री

राज्यमन्त्री

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण

अर्जुन कुमार श्रेष्ठ

राज्यमन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ

सुष्मा यादव

राज्यमन्त्री

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था

रिना नेपाल विक

राज्यमन्त्री

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था

 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल
ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह
सम्बन्धित सामग्री
स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले स्वास्थ्य बीमा कुनै व्यावसायिक योजना नभई राज्यले नागरिकलाई उपलब्ध गराउने... बिहीबार, साउन २१, २०८३
‘राजनीति सेवा हुनुपर्छ, पेशा होइन’: सांसद केरुङ नेपाल अडिटर्स एशोसिएशन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेशा हुनुपर्ने र... बिहीबार, साउन २१, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसू... बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरण सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह बिहीबार, साउन २१, २०८३
स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निम्स दाइसहितको शव सङ्कलन गरी बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
सुनको मूल्य आठ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्