काठमाडौं– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार थपिएका ६ मन्त्री र ४ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाए।
यस्तै, राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ दिलाए।
गत साउन २८ गते मुख्यमन्त्रीको शपथ लिएका केसीले ६० दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै १७ सदस्यीय बनाएका हुन्।
लुम्बिनीमा सत्तारुढ दल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ मन्त्री, २ राज्यन्त्री, नेपाली कांग्रेसबाट ४ मन्त्री, २ राज्यमन्त्री, जनता समाजवादीबाट ३ मन्त्री, नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री र १ जना स्वतन्त्र सांसद मन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।