• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
टिप्पणी

तीन दिने मन्त्रीले उदांगो पारिदिए गरिमामय संस्थाहरुको छवि 

64x64
नेपाल लाइभ आइतबार, असोज २४, २०७८  १५:१९
1140x725

काठमाडौं– प्रधानमन्त्री तथा सत्तारुढ गठबन्धनका दलहरु परिपक्व नहुँदा नेपाली राजनीतिमा दुर्भाग्यपूर्ण घटना घट्न पुग्यो। सर्वोच्च अदालतका पछिल्ला केही महिनाका फैसलाबाट राजनीतिक लाभ लिन पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले 'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटा'बाट गजेन्द्र बहादुर हमाललाई मन्त्री बनाएका थिए।

हमाललाई मन्त्री बनाइनुभन्दा अगाडि नै गठबन्धनका शीर्ष नेताहरुको आलोचना नभएको होइन। तर, त्यसलाई उनीहरुले बेवास्ता गरिदिए। प्रधानन्यायाधीशप्रतिको अति कृतज्ञताका कारण उनीहरुले संविधानका मर्महरु भुले। जनताको आलोचनालाई पनि भुले। बरु आफ्नो स्वेच्छाचारितालाई ढाक्न कुतर्क गर्न थाले।

शुक्रबारै बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको ब्रिफिङ गरेका थिए। शुक्रबारकै प्रतिनिधि सभाको बैठक र सोही दिनको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि हमाल प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको भन्ने कुरालाई अस्वीकार गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि उसैगरी बचाउ गरे। 'नेपाली कांग्रेसको पहिलेको अध्यक्ष नै हुनुहुन्थ्यो। नेपाली कांग्रेसको कोटाबाट मन्त्री हुनुभएको छ। यो होहल्ला गर्नु केही आवश्यकै छैन', शनिबार चितवनबाट उनले भनेका थिए।

शीर्ष नेताहरुको तर्कले उनीहरु जे पनि गर्छन् मात्रै होइन, जनतालाई कति अपमान गर्छन् भन्ने पनि देखिन्छ। हमाललाई मन्त्री बनाउनुको सार्वजनिक औचित्य पुष्टि गर्न नसकेका उनीहरुले उल्टै जनतालाई अबुझ सम्झिएको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी मन्त्री बनाउने निर्णयको जतिसुकै बचाउ गर्ने प्रयत्न भए पनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। शुक्रबार अपराह्न मात्रै मन्त्रीको सपथ लिएका हमालले आइतबार बिहानै राजीनामा दिएका हुन्।

हमालले आफू विवादमा पर्न नचाहेकाले राजीनामा दिएको बताएका छन्। 'लामो समयसम्म राजनीति गर्दा म कहिल्यै पनि विवादमा परेको थिइनँ। मेरो निर्णयलाई लिएर कहिल्यै विरोध पनि भएको थिएन। म पद र पैसाको पछाडि कुद्ने मान्छे पनि होइन। मेरो राजनीतिक विगत, पारिवारिक पृष्ठभूमि सबै हेरेर होला, शेरबहादुरज्यूले मन्त्री बन्नुपर्‍यो भनेर बनेको हुँ', राजीनामा दिने निर्णय गरेपछि नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'तर मलाई मन्त्री बनाएकोमा उहाँलाई पनि अप्ठ्यारो पर्ने देखियो। म पनि थप विवादमा पर्दै जाने देखेँ। विवादमा नपरौं भन्ने मेरो उद्देश्य हो। त्यसैले पद छाड्ने निर्णयमा पुगेँ।'

उनले आफ्नो राजीनामालाई अन्तरआत्माको निर्णय भएको बताएका छन्। 'म मन्त्री बनेपछि सञ्चार माध्यममा विवादित बनेको देखेँ। त्यसपछि मैले आफ्नो नियुक्तिको विषयमा सोचेँ। अस्ति मन्त्री बनेपछि अस्ति, हिजो र आज निकै सोचेँ', उनको भनाइ छ, 'पार्टीका नेताहरुसँग कुनै सल्लाह गरेको चाहिँ थिइनँ। बरु मेरो भाइसँग सल्लाह गरेँ। त्यसपछि मेरो अन्तरआत्माले पनि ‘अब छाड्’ भन्यो। त्यसकारण मैले मन्त्री पद छाड्ने निर्णय गरेँ।'

हमाल त बाहिरिए। तर, संविधान, कानुन, लोकतन्त्रको मूल्यमान्यताको रक्षाका लागि भन्दै गत पुसदेखि संघर्ष गरेका दल र तिनका नेताहरुलाई 'नांगो' बनाएर बाहिरिए। सडकमा उनीहरुले लगाएको नारा आम मान्छेको समर्थन जुटाउने रणनीति मात्रै थियो। र, ध्येय चाहिँ सत्तामा पुगेर स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति गर्ने थियो भन्ने पुष्टि भएको छ।

अर्कोतिर, आफ्नो 'कोटा'को विषयमा प्रधानन्यायाधीशले सार्वजनिक रुपमा आश्वस्त पार्न सकेनन्। उनलाई फैसलाबापत फल चढाउनुपर्ने परम्परा सुरु गर्न लागेको भन्दै आलोचना भइरह्यो। तर, त्यसको चित्तबुझ्दो जवाफ दिन सकेनन्। नेपाली राजनीतिमा त्यही स्थापित भयो, जुन हुनुहुँदैनथ्यो- विपक्षी गठबन्धनलाई सत्ताको कुर्सीमा पुग्न सहज हुने फैसला गरेका कारण प्रधानन्याधीशले मन्त्रिपरिषद्‌मा आफ्नो कोटा लिए र पाए पनि। 

हमाल निमित्त पात्र मात्रै थिए। उनको त केही गएन। तर, उनलाई मन्त्री बनाएर हाम्रो संवैधानिक परिकल्पना र संस्थाहरुको गरिमा चाहिँ ध्वस्त भएको छ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्