काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा बुझाएका छन्। केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्।
उनले बालुवाटारमा प्रधामनन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शुक्रबार मात्रै मन्त्री नियुक्त भएका उनले आइतबार राजीनामा दिएका हुन्।
प्रमलाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताएका थिए। आफू विवादमा पर्न नचाहेकाले राजीनामा दिन लागेको मन्त्री हमालको भनाइ छ। ‘मेरो अन्तरआत्माले पनि ‘अब छाड्’ भन्यो। त्यसकारण मैले मन्त्री पद छाड्ने निर्णय गरेँ,’ नेपाल लाइभसँग उनले भने।
मन्त्री हमालको राजीनामा बुझेपछि प्रधानमन्त्रीले विवेक सम्मतरुपमा निर्णय गर्ने प्रतिक्रिया दिएको उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।