काठमाडौं- राजीनामा दिने घोषणा गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल बालुवाटार जाँदैछन्। शुक्रबार मात्रै मन्त्री नियुक्त भएका उनले आइतबारै राजीनामा दिने घोषणा गरेका हुन्।
मन्त्री हमालको सचिवालयका अनुसार, राजीनामाका लागि उनी प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेका छन्।
आफू विवादमा पर्न नचाहेकाले राजीनामा दिन लागेको मन्त्री हमालको भनाइ छ। ‘मेरो अन्तरआत्माले पनि ‘अब छाड्’ भन्यो। त्यसकारण मैले मन्त्री पद छाड्ने निर्णय गरेँ,’ नेपाल लाइभसँग उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।