काठमाडौं– गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन्। आज पोखरामा विशेष समारोहका साथ साक्षर प्रदेश घोषणा गर्न लागिएको हो। प्रधानमन्त्री देउवा बिहान साढे १० बजे पोखरा पुगेर नयाँ बजारस्थित क्षेत्रीय संग्रहालयमा निर्माण गरिएको साक्षर स्तम्भको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
गण्डकी प्रदेशको औषत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत छ। तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन्। सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ।
मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुवँरले बताए।
मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । वि.सं. २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ मा घोषणा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।