फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलले माथिल्लो कर्णाली आयोजनाको निर्माण कम्पनी जीएमआरबाट दुई अर्ब रुपैयाँ जरिवाना असुल गर्नुपर्ने बताएका छन्। उनले जीएमआरबाट सम्झौता उल्लङ्घन भएको उल्लेख गर्दै उक्त जरिवाना असुल गर्नुपर्ने बताएका छन्।
सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लंघन गरेको उनको भनाइ छ। देशको सबभन्दा राम्रो योजनालाई खतम गर्ने विदेशी षड्यन्त्रका सामु घुँडा नटेक्नसमेत उनले सरकारलाई सचेत गराएका छन्।
'माथिल्लो कर्णाली आयोजना विकास सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लङ्घन गरेको छ। यसबापत् उसले झण्डै दुई अर्ब रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्ने हो। कम्पनीले आयोजना ओगटेको १४ वर्ष भयो। देशको सबभन्दा राम्रो योजनालाई खतम गर्ने विदेशी षड्यन्त्रका सामु सरकारले घुँडा नटेकोस्,' नेता रावलले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।