• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीशलाई छानबिनको दायरामा ल्याउन कानुनविद्हरुको माग

64x64
नेपाल लाइभ शनिबार, असोज २३, २०७८  १९:२४
1140x725

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुनविद्हरुले जनताले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएकोले न्यायालयको धज्जी उडेको बताएका हुन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राखेका छन्। 

कार्यक्रममा बौल्दै अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाले न्यायपालिकामाथि अपूरणीय क्षति गरेको बताए। उनले कार्यपालिकामै न्यायपालिकाको अतिथि बसेपछि न्यायपालिकाका काम कारबाहीमा अवरोध हुने बताए। उनले प्रधान्यायाधीश राणाले आसेपासेहरुलाई संवैधानिक निकायमा नियुक्ति गरेको बताउँदै यो संविधानमाथिको खिल्ली भएको बताए। प्रधानन्यायाधीशको यो कदम लोकतन्त्रमाथिकै खतरा भएको बताउँदै उनले अब चुप लागेर बस्ने बेला नरहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘प्रधानन्यायाधीशले न्यायपालिकामाथि अपूरणीय क्षति गर्नुभएको छ, कार्यपालिकामा आफ्नो भाग खोज्नुभएको छ, जब कार्यपालिकामै न्यायपालिकाको अतिथि बसिसकेपछि न्याय पुनरावलोकन के हुन्छ? कार्यपालिकाले गरेको स्वेच्छाचारी, निरंकुश कामहरु,गैरसंवैधानिक कामहरुलाई कसले सच्याउने?,' त्रिपाठीले भने, 'न्यायपालिकामा मुद्दा लिएर जानु पनि खतरनाक, आसेपासे संवैधानिक निकायमा नियुक्त गराउनुभयो, एकपछि अर्को संविधानमाथिको ड्यामेज गर्दै आउनुभएको छ। अब उहाँ पदमा रहनु भनेको लोकतन्त्रमाथिको खतरा हो। यसमा चुप लागेर बस्नुहुन्न, बेलैमा कारबाही गर्नुपर्छ।’

नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अदालतको प्रतिनिधि सरकारमा सहभागी भएको कुरा उठिरहेको भन्दै यसको स्पष्ट उत्तर प्रधानन्यायाधीशले दिनुपर्ने बताए। उनले प्रधान्यायाधीशले मात्र नभइ फुल कोर्ट र अदालतका पाँच/छ जना वरिष्ठ न्यायाधीशले यसको जवाफ दिनुपर्ने बताए। पोखरेलले यसमा प्रधानन्यायाधीश मात्र नभइ सर्वोच्च अदालतको सबै टिम दोषी रहेको बताए। न्यायालय ऐन नियमको व्याख्यताको रुपमा नभइ शक्तिकेन्द्रको रुपमा विकसित भएको बताउँदै सरकार अदालतको एउटा शाखाको रुपमा रहेको उनले बताए।

अधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीशले हमाललाई आफ्नो कोटाबाट मन्त्री बनाएकोबारे प्रस्ट जवाफ दिनुपर्ने बताए। उनले प्रधानन्यायाधीशले गर्दै आएको कार्यशैलीले न्यायालयमाथि प्रश्न उठाइरहेको बताए। अहिलेको परिणाम एक व्यक्तिको चाहनामा संस्था चलाउनुको परिणाम भएको बताउँदै सर्वोच्च अदालत बारले अब कम्मर कस्नुपर्ने प्रधानले बताए। उनले अहिले सिंगो बार र अदालत नै धमिलो भएको भन्दै यो अदालतको संरचना र न्यायपालिकाको अहिलेको संरचना निर्माणकै चरणमा त्रुटि रहेको बताए।

अर्का अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले प्रस्ट पार्ने गरी जवाफ दिन नसके पदमा बस्न उचित नहुने तर्क गरे। उनले प्रधान्यायाधीशको यो कदम छानबिनको दायरामा आउनुपर्ने भन्दै प्रधानन्यायाधीशको बारेमा बाहिर आएका तथ्यहरु अक्षम्य रहेको बताए। उनले प्रधानन्याधीश न्यायिक कार्यबाट कार्यपालिकातिर सरेको भन्दै अदालतमा प्रवेश नै रोक्नुपर्ने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धन सरकारलाई पूर्णता दिनेक्रममा कांग्रेसका पुराना नेता हमाललाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका थिए। उनको नियुक्तिसँगै प्रधानन्यायाधीश राणाले आफ्नो नातेदारलाई मन्त्रीमा नियुक्त गरेको भन्दै प्रधानन्याधीश र प्रधानमन्त्रीको विरोध भइरहेको छ। 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द श... सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी पार्टीभित्र सहमति निर्माणका लागि निरन्तर आन्तरिक छलफल भइरहेको अवस्थामा खड्काले संवाद नै नभएको आशय व्यक्त गरेपछि आफू अचम्मित भएको शर्... सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो । सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्