सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट।
काठमाडौं- नेपाली कांग्रेसका सुदूपश्चिमाञ्चम प्रदेश सभा सांसदले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कांग्रेसका तीन सांसदले गठबन्धनको भावना अनुसार प्रदेश सरकार नचलेको गुनासो गरेका छन्। केन्द्रीय गठबन्धनको मर्म अनुसार मुख्यमन्त्री त्रिलोचन भट्ट अघि नबढेको भेटमा सहभागी प्रदेश सांसद भरत खड्काले बताए।
कांग्रेस प्रदेश सरकारको किनाराको साक्षी बन्न नसक्ने उनीहरूले देउवालाई सुनाएका थिए। 'सरकारको क्रियाकलापबाट हामी सन्तुष्ट छैनौं। हामी पनि गठबन्धनमा भएको अनुसार मुख्यमन्त्रीले काम गर्नु भएन। गठबन्धनको अनुभूति हामीलाई पटक्कै छैन', खड्काले भने, 'यो टिमलाई सहयोग गर्ने मन हिजो पनि थिएन। आज पनि छैन। यही कुरा प्रधानमन्त्रीलाई भन्यौँ।'
मुख्यमन्त्री भट्टलाई असन्तुष्टिसहित ज्ञापनपत्र बुझाएपछि कांग्रेस सांसद काठमाडौं आएका थिए। तीन दिनअघि काठमाडौं आएका सांसदले वर्तमान सरकारमा सहभागिता वा प्रदेश सरकारको नेतृत्वको बारेमा देउवासँग कुरा राखेका थिए।
सरकारमा सहभागिता नभए प्रमुख प्रतिपक्ष भएर बस्ने खड्काले बताए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर समाधान निकाल्ने प्रधानमन्त्री देउवाले उनीहरुलाई जवाफ दिएका छन्।
खड्कासहित प्रदेश सांसद रणबहादुर रावल र गोविन्द बोहरा प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका थिए। सुदूपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रको नेतृत्वको सरकार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।