नयाँदिल्ली– भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरुले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग भेट गरेका छन्।
भेटमा उनीहरुले नेपाल र भारतबीचको सीमा समस्यासँगै दार्चुलामा भएको तुइन घटनाबारेसमेत छलफल भएको जनाएका छन्।
नेपाली कांग्रेसको टोलीको नेतृत्व गरेर गएका पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले भेटमा सीमा समस्या र महाकालीको तुइन घटनासँगै भारतले आपूर्ति गर्ने कोभिड भ्याक्सिनबारेसमेत छलफल गरेको बताए।
शुक्रबार भएको भेटमा कांग्रेस नेताहरु उदयशमशशेर जबरा र अजय चौरसियासमेत सामेल थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।