काठमाडौं- नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पारिवारिक नाता सबैको हुने भन्दै त्यसतर्फ आफूलाई नजोड्न आग्रह गरेका छन्। मन्त्री नियुक्त भइसकेपछि पदवहाली गर्ने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन्।
‘पारिवारिक नाता सबैको हुन्छ। मेरो राजनीतिक जीवनलाई पनि हेरियोस्,’उनले भने,‘म नेपाली कांग्रेसको पृष्ठभूमिबाट आएको हुँ। मेरो परिवार नै नेपाली कांग्रेसको राजनीतिमा छ।’
उनले आफूलाई प्रधानमन्त्रीले विशेष अधिकार प्रयोग गर्दै मन्त्री नियुक्त गरेको भन्दै आफ्नो कार्यकालमा उद्योग क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता जनाए।
पहिलो निर्णयमा हस्ताक्षर गर्ने क्रममा मन्त्रालयका कर्मचारीसँग उनले जनताको हितमा हुने खालका कार्यक्रम गर्न निर्देशन दिए। ‘अहिले चाडपर्वको समयमा बजार अनुगमनलाई कडाइका साथ अघि बढाउन कार्यक्रम गर्नुस्,' कर्मचारीलाई निर्देशन दिँदै उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।