काठमाडौं– १६ जना मन्त्रीहरु थपिएपछि मन्त्रिपरिषद्को बैठक बसेको छ। नवनियुक्त मन्त्रीहरुले शुक्रबार अपराह्न शपथ लिएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका हुन्।
शुक्रबार नयाँ मन्त्री र मन्त्रिपरिषद् थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय बनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।