काठमाडौं- उमेश श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दै श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका हुन्।
उनले सम्हाल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेकपा एकीकृत समाजवादी पार्टीका बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र श्रेष्ठलाई साउन १० मा स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा जिम्मेवारी दिएका थिए। उनको नियुक्तिलाई लिएर त्यतिबेला देउवाको चर्को आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।