काठमाडौं– लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार रोकिएको छ। नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुको नाम नदिँदा शुक्रबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको हो।
नेकपा माओवादी केन्द्रबाट इन्द्रजित थारु र तिलकराम शर्मा, राज्यमन्त्रीमा विमला खत्री ओली र नेकपा एकीकृत समाजवादीबाट रमा घर्तीलाई मन्त्री बनाउने भनिएको थियो।
नेपाली कांग्रेसले मन्त्रीपरिषद्मा सहभागी हुनेको नाम नदिएपछि शुक्रबारका लागि मन्त्रिपरिषद् विस्तार रोकिएको हो।
सम्भवत: आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए।
मन्त्रीहरुको भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १३ पुर्याइएको छ।
गत साउन २८ गते सपथ लिएका मुख्यमन्त्री कुलप्रसाद केसीले ६ जनामात्रै मन्त्री बनाएर ५६ दिनदेखि सरकार चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।