काठमाडौं– नेकपा एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा (एकीकृत)बीच पार्टी एकीकरण भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष राईले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकताको घोषणा गरेका छन्।
दुवै पार्टीले मार्क्सवाद–लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने पनि संयुक्त वक्तव्यमा जनाइएको छ।
एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नै रहने भएको छ। यस्तै पार्टीको चुनाव चिह्न कलम रहने पनि संयुक्त वक्तव्यमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।