काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पुराना नेता गजेन्द्र हमाललाई मन्त्री बनाउने भएका छन्।
सत्ता गठबन्धनका दलहरुबीच हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने सहमति भएको थियो। उनी कांग्रेसको कोटाबाट मन्त्री बन्ने भएका हुन्।
उनलाई मन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमेत सहमत भएका थिए।
यसअघि हमाललाई प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउन खोजिएको भन्दै आलोचनासमेत भएको थियो। हमालसँग राणाको नजिकको नाता सम्बन्ध रहेको छ।
कांग्रेस बाँकेका पूर्व सभापति रहेका हमाल तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई निर्वाचनमा हराउन लागि परेका थिए। तर, कोइरालालाई हराउन असफल भएपछि उनी कांग्रेसबाट टाढिँदै गए। उनका एक भाइ सुरेन्द्र हमाल अहिले कांग्रेसको प्रदेश सांसद रहेका छन्।
प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।