काठमाडौं– नेपाली कांग्रेसबाट थपिने मन्त्रीले पाउने मन्त्रालयको टुंगो लागेको छ। मिनेन्द्र रिजाललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाको साथ पाएका रिजालले रक्षा मन्त्री प्राप्त गरेका छन्। यस अघि रिजालको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा चर्चा थियो।
कानुन मन्त्रालयको जिम्मेवारी भने पौडेल पक्षीय नेता दिलेन्द्र बडुले पाउने भएका छन्। महिला तथा बालबालिका मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट सांसद उमा रेग्मीलाई बनाउन लागेका छन्।
नेता कृष्णप्रसाद सिटौला पक्षका सांसद उमाकान्त चौधरीले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।