काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ उक्त मन्त्रालयबाट बाहिरिने भएका छन्।
स्वास्थ्य मन्त्रीमा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङले जिम्मेवारी पाउने भएका छन्। खतिवडा मन्त्री र खापुङ राज्यमन्त्री बन्ने निर्णय पार्टीले गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
खापुङ राज्यमन्त्री सहित स्वास्थ्य मन्त्रालयमा जानेभएसँगै श्रेष्ठ उक्त मन्त्रालयबाट बाहिरिनु पर्ने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र श्रेष्ठलाई साउन १० मा स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा जिम्मेवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।