फाइल तस्वीर
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्मा कोटा मागेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद्ले उठाएको सवालबारे जवाफ दिँदै मन्त्री कार्कीले प्रधानन्यायाधीशले मन्त्री मागेको भन्ने विषयमा कुनै सत्यता नभएको बताएका हुन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश राणाले मन्त्रीको कोटा मागेकोबारे संसद्लाई स्पष्ट गराउनुपर्ने बताएका थिए।
'संसद पुन:स्थापना गरेको बदलमा प्रधानन्यायाधीशले पनि मन्त्रीको कोटा मागेको चर्चा छ। हावा नचली पात हल्लिएन होला, सदनलाई यसबारे जानकारी गराइयोस्,' सुवालले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।