काठमाडौं- जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा रेणु यादव, रामसहाय प्रसाद यादव, प्रमोद साह र राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने निर्णय भएको जसपाका नेता मोहमद इस्तियाक राईले जानकारी दिए।
मन्त्री बन्न लागेका तीन जना अध्यक्ष उपेन्द्र यादव पक्षका हुन् भने राजेन्द्र श्रेष्ठ संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पक्षका हुन्।
बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जसपालाई चार मन्त्रालय दिने टुंगो लगाएको थियो।
मन्त्री चयनमा अध्यक्ष यादवले आफू पक्षधरलाई मन्त्री बनाउन खोजेको भन्दै अर्का अध्यक्ष भट्टराईले असन्तुष्टि पोखेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।