काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राजनीतिकर्मीका लागि मन्त्री पद गौण भएको उल्लेख गरेका छन्। उनले को मन्त्री बन्यो, को बनेन भन्ने मुख्य विषय नभएको बताए।
मुख्यकुरा प्रणाली जोगिएको उनको भनाइ छ। 'संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्य स्थापना भएको छ' नेता चौधरीले सामाजिक सञ्जालमा भनेका छन्।
एकीकृत समाजवादीबाट चौधरी मन्त्री बन्न लागेको समाचारहरु सार्वजनिक भएको भएपनि अन्तिममा उनको नाम मन्त्रीको सूचीबाट हटेको छ।
त्यसतर्फ इंगित गर्दै उनले प्रतिनिधि सभाका सबै सदस्यले मन्त्री बन्ने कुराको चासो राख्नुपर्ने बताउँदै भने, 'सांसदहरुले चासो राख्छ र राख्नु पनि पर्दछ। तर, दीर्घकालिन चेत राखेर राजनीतिको खुला चौरमा प्रबेश गरेको राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण विषय बन्न जान्छ। फेरि मन्त्री हुने कुरा - सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ। कहिलेकाँही त्यो कम्बिनेसन नमिल्न नि सक्छ। आजको परिस्थिति यही हो' उनले उल्लेख गरेका छन्।
नेकपा समाजवादी कठिन मोडमा रहेको उनले उल्लेख गरेका छन्। उनले नेतृत्वलाई अनावश्यक दवाब दिन नहुने उल्लेख गरेका छन्।
पार्टीलाई अझ सशक्त र समृद्ध बनाँउनु जरूरी रहेको उनले बताए।
पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिन जरूरी नरहेको उनले बताए।
नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानको लागि पहल गर्नुपर्ने उनले बताए।
उनले आफूमाथि साहनुभुति राख्नेहरुलाई धन्यवाद दिए। मन्त्रीको सिफारिसमा परेका सबैलाई उनले सफल कार्यकालको शुभकामना दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।