काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयर धनीलाई २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
लघुवित्त सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।