काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मीलाई मन्त्री बनाउने तयारी गरेको छ।
रिजाल र बडु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। त्यसैगरी, चौधरी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्।
यसअघि पौडेलले तेजुलाल चौधरी र प्रकाशमान सिंहले राजन केसी मन्त्री बनाउने अडान राखेपछि दुवैलाई हटाएर देउवाले बडुलाई मन्त्री बनाउने तयारी गरेको उनीनिकट एक नेताले बताए।
महिला संघकी अध्यक्ष रेग्मी देउवानिकट नेता हुन्।
प्रधानमन्त्री देउवाले रिजाललाई कानून मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ। यसअघि कानुनमन्त्री रहेको ज्ञानेन्द्र कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छन्।
देउवाले आज मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।