काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक बस्दै छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन जसपाका तीन शीर्ष नेताको बैठक बस्न लागेको हो।
यसअघि बुधबार सम्पन्न कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न तीन नेतालाई जिम्मा दिने निर्णय गरेको थियो। बिहान ९ बजे बस्ने तयारी गरिएको शीर्ष नेतात्रयको बैठकको स्थान भने खुलाइएको छैन।
जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री पाएको छ। गठबन्धनका अन्य दलले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाइसके पनि जसपाले हालसम्म अन्तिम नामावली तयार गर्न सकेको छैन। ‘तीन नेताले मन्त्री हुनेको नाम टुंगो लगाइसक्नु भएको होला,’ जसपाका एक सांसदले भने,’ ‘बाहिर आएको छैन, आज ११ बजेसम्म मन्त्री हुनेको लिष्ट प्रधानमन्त्रीलाई बुझाउने कुरा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।