काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली कांग्रेसका प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेट गरेको छ।
भाजपाको निमन्त्रणमा सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा दिल्ली पुगेका कांग्रेस नेता अजय चौरासिया र उदय शमशेर राणाले बिहीबार भाजपाका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको हो।
भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा आश्विन जोहर सहभागी थिए।
भेटमा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको राणाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।