काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ।
बिहीबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टीको चुनाव चिह्न कलम कायम गर्ने विषयमा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया पनि छिट्टै टुंग्याइने खतिवडाले जानकारी दिएको छ।
कलम चुनाव चिह्न यसअघि जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत)को नाममा छ।
कलम चुनाव चिह्नका लागि एकीकृत समाजवादीले नेकपा (एकीकृत)सँग एकीकरण गर्ने भएको छ।
नेकपा (एकीकृत)का अध्यक्ष राई पनि बिहीबार एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका थिए। बैठकस्थलमा सञ्चारकर्मीसँग बोल्दै राईले दुवै पार्टीबीच एकीकरण हुने बताए।
एकीकरणको प्रक्रिया टुंग्याउन शुक्रबार निर्वाचन आयोग जाने राईले जानकारी दिए। आयोगमा जानु अगाडि संयुक्त विज्ञप्ति जारी गरिने पनि राईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।