काठमाडौं- साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा उपाधि दाबेदार भारत बराबरीमा रोकिएको छ।
बिहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले भारतलाई गोलरहीत बराबरीमा रोकेको हो।
सुरुवाती दुई खेलमा हार बेहोरेको श्रीलंकालाई भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन।
यस बराबरीसँगै भारतको फाइनल पुग्ने समीकरणमा भने धक्का पुगेको छ। भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ। यसअघि पहिलो चरणमा भारत बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको थियो।
यस नतिजासँगै शीर्षस्थानमा रहेको नेपालको फाइनल पुग्ने सम्भावना थप बलियो बनेको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ।
बंगलादेश २ खेलमा ४ अंक तथा भारतको २ खेलमा २ अंक छ। भारत २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ। श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ।
आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।