काठमाडौं- नेकपा एकीकृत समाजवादीले भोलि, शुक्रबार पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ।
भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले मन्त्री हुने सांसदहरूको नाम टुंग्याउने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनले आफ्नो पार्टीले चार मन्त्रालय र एक राज्य मन्त्री पाउने सहमति भएको बताए। केही प्राविधिक कारणले चारवटै मन्त्रालयमा 'चित्त बुझाएको' उनको भनाइ छ।
साथै उनले प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने सत्तारुढ गठबन्धनका बीचमा सहमति भएको पनि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।