फाइल तस्वीर
काठमाडौं– नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो सहमति गरेको हो।
ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन्। तर, केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका उनीहरु अल्पमतमा छन्।
संघीय सरकारमा नेकपा एकीकृत समाजवादीले कम मन्त्रालय पाउने भएपछि असन्तुष्टि जनाउँदै आएको थियो। त्यसैको क्षतिपूर्ति स्वरुपमा दुई प्रदेशको मुख्यमन्त्री दिन लागिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।