फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसले पर्वहरुको अवसरमा गरिने चियापान यस वर्ष पनि नगर्ने भएको छ।
कोरोना संक्रमण पूर्ण रुपमा नहटेकाले चियापान नगर्ने कांग्रेसले जनाएको छ। गत वर्ष पनि कोरोनाका कारणले कांग्रेसको चियापान रोकिएको थियो।
कांग्रेसले दशैंको कोजाग्रत पूर्णिमाको दिनमा राजनीतिक दलका नेतासहित सबै क्षेत्रका उच्च पदस्थ व्यक्तिलाई बोलाएर चियापन तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो। कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका अपनाउन कांग्रेसले अपिल गरेको छ।
सरकारले खोपको व्यापक प्रबन्ध गरेको कांग्रेसले विज्ञप्तिमार्फत् दाबी गरेको छ। महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नसकिने कांग्रेसको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।