फाइल तस्बिर।
काठमाडौं– सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगो लगाउन शीर्ष तहका नेताको बैठक आजै बस्न लागेको हो।
एकीकृत समाजवादीका नेता विरोध खतिवडाले दिउँसो २ बजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिए।
दलहरूबीच मन्त्रालयको भागबण्डा करिब टुंगिएको बताइएको छ। मन्त्रालय र मन्त्रीको चयन गरी अन्तिम रुपमा दिनका लागि बालुवाटारमा बैठक बस्न लागेको छ।
सबै दलबाट मन्त्रीको नाम प्राप्त भएमा प्रधानमन्त्री देउवाले आज नै शपथको कार्यक्रम राख्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।