काठमाडौं- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ।
बिहीबार बानेश्वरस्थित अर्पण ब्यान्केटमा एकीकृत समाजवादीको बैठक बसिरहेको हो। बैठक अघि नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
उनलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए। एमाले परित्याग गरेका जोशीलाई एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यको जिम्मेवारी दिएको छ।
जोशीलाई स्वागत गर्दै अध्यक्ष नेपालले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।